प्रधानमन्त्रीले आज सरकारको उपलब्धि सार्वजनिक गर्नुहुने

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी आज सार्वजनिक गर्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धी उहाँले सार्वजनिक गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले गरेका कमहरुको विवरणबारेमा जानकारी गराउनुहुने र सरकारको आगामी तयारी र योजनाबारे समेत जानकारी गराउनुहुने प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले बताउनुभयो ।

नेकपा ९एमाले० का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओली नेतृत्वको सरकारको मंगलबार एक सय दिन पुगेको छ । अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट