चितवन । गाडीको चापले जाम हुदा मुग्लिन नारायणगढ सडक पार गर्न घण्टौ लागेको छ ।
दसैमा राजधानी काठमाडौ, पोखराबाट बाहिरिने र भित्रीने सवारी साधनको चापले जाम बढेको हो । ४५ मिनेटको यात्र मुग्लिन नारायणगढ दुई घण्टा भन्दा लामो समय लाग्ने भएको हो । मुग्लिन नारायणगढको सिमलताल नजिक सडक भासिएर एक तर्फी यातायात सन्चालनमा आएपछि ट्राफिक जाम भएको हो । शुक्रबार राती गाडी बिग्रीदा त्यसको असर अझ परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मुग्लिनको बाटोमा जाम हुने भएपछि नारायणगढको आपटारीबाट गाडी थोरै सन्ख्यामा पठाउने गरिएको प्रहरिले जानकारी दिएको छ । यस्तै गरि मुग्लिन तर्फबाट पनि थोरै सन्ख्यामा पठाउन लागिएको छ । मुग्लिन नारायणगढको बाटो दैनिक ७ हजार भन्दा धेरै गुड्ने गरेको ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।