चितवन, । विद्युतीय गाडी प्रयोगकर्ता वृद्धि भएपनि प्रयाप्त चार्जिङग स्टेशनको अभाव भएको छ ।
बिक्री र प्रयोगकर्ताको अनुपातमा स्टेशनको अभाव हुदा लामो लाइन बस्नु पर्ने समयमा चार्ज गर्न नपाएर समस्या पर्ने गरेको हो । वुधबारबाट भरतपुरमा सुरु भएको गाडी बिक्री मेलामा विद्युतीय गाडी बिक्रेताहरुले यस्तो समस्या औल्याउनु भएको हो ।
चितवन अटोमोबाइल डिलर्स एशोसियसनका अध्यक्ष राजन पियाले विश्वमा विद्युतीय गाडी प्रयोगकर्ताको दर नेपालमा उच्च भएको बताउनुभयो । यती छिटो विद्युतीय गाडी प्रयोग गर्नेको सख्या नेपालमा वृद्धि भएको विश्वमा नै उच्च छ । प्रयोगकर्ताको अनुपातमा चार्जिङग स्टेशनको कमी भएको छ । देशकै मध्य भाग रहेको चितवनमा धेरै सख्यामा चार्जिङग स्टेशन राख्नको लागि उहाले माग गर्नु भयो ।
सरकारी स्तरबाट जिल्लाको दुइ स्थानमा चार्जिङग स्टेशन राखिएको छ । निजी स्तरबाट पनि राखिएको छ । सवै गरेर जिल्लामा ३० वटा चार्जिङग स्टेशन रहेको छ । तर यो स्टेशनले पुग्ने अवस्था नरहेको उहाले बताउनुभयो । उहाँका अनुसार जिल्लामा निजी विद्युतीय गाडी चारसयको सङख्यामा सञ्चालनमा रहेको छ । सार्वजनिक सवारी साधन दुइसय छन् । सबै गरेर छ सय भन्दा धेरै जिल्लामा विद्युतीय सवारी साधन रहेको छ । यसको लागि जम्मा सरकारी दुइवटा चार्जिङग स्टेशनले भार धान्न नसक्ने उहाले बताउनुभयो ।
चितवन अटोमोबाइल डिलर्स एशोसियसनका पूर्व अध्यक्ष इश्वरकुमार श्रेष्ठले निजीको आफ्नो घरमा चार्ज गरेर हिडेपनि जिल्ला बाहिर जादा र बाहिरका चितवन भएर जानेहरुको लागि यहाँ भएको स्टेशनले नपुग्ने बताउनुभयो । दसैंमा राजधानी सहित अन्य जिल्लाबाट चितवन हुदै बाहिरीनेहरुको लागि भएको चार्जिङग स्टेशने भार धान्न नसक्ने बताउनुभयो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले चार्जिङग स्टेशन निर्माणको लािग पहल भइराखेको जानकारी दिनुभयो । देशकै सबै भन्दा धेरै चार्जिङग स्टेशन भरतपुरमा निर्माण गर्ने तयारी भएको जानकारी दिनुभयो । यो संगै अटो ल्याण्ड निर्माणको लागि जग्गाको खोजी भइराखेको बताउनुभयो । व्यवस्थित अटो स्थल निर्माण गर्न जग्गाको खोजी भइराखेको छ उहाले भन्नुभयो स्थान पाउना साथ निर्माणको काम अगाडि बढाउने छौ ।
अटो व्यवसायी यज्ञ पौडेलले विद्युती गाडी तर्फ उपभोक्ताको आकर्षण वृद्धि भएकाले अहिले प्रर्दशनीमा त्यही अनुसारका कार विक्रीका लागि राखिएको जानकारी दिनुभयो । आकर्षक मोडमलमा सस्तोमा गाडी पाइने भएकाले लिन सकिने बताउनुभयो । अहिले विद्युतीय साधन नेपालको बजारमा उपयुक्त भएको उहाँको भनाइ छ ।
चितवन उद्योग संघले आयोजना, चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा ‘काडा अटो शो २०८१’ वुधबारबाट सुरु भएको छ । पहिलो पटक सुरु भएको मेलामा २५ भन्दा बढी ब्राण्डका गाडी प्रर्दशनीमा राखिएको छ । मेलामा ८० प्रतिशत बिद्युतिय सवारीसाधनहरु रहेका छन् । प्रर्दशनी कक्षमा ३५ वटा स्टल राखिएको छ । कार, जिप, मोटरसाइकल र स्कुटरको स्टल रहेको छ । मेलामा करिब ३० करोडको कारोबार हुने लक्ष्य राखिएको छ ।