औषधि खरिदमा अनियमितता भएको भन्दै नगरपालिकामा तालाबन्दी

रौतहट २३ फागुन । औषधि खरिदमा अनियमितता भएको भन्दै रौतहटको बृन्दावन नगरपालिकाको स्टोरमा तालाबन्दी गरिएको छ ।
नगरपालिका कार्यालयले औषधि खरिदमा अनियमिता गरेको आरोप लगाउदै बिश्रामपुर स्वास्थ्य चौकीका प्रमुखले स्टोरमा तालाबन्दी गर्नु भएको हो । नगरपालिकाको स्वास्थ्य फाँटका प्रमुख रामनरेश यादवले स्वास्थ्य चौकीको स्टोर दाखिला गराउन खोजेपछि औषधिमा अनियमितता भएको रहस्य खुलेको हो । नगरपालिकाकाको स्वास्थ्य फाँटका प्रमुख यादवले दश लाखको औषधि भन्दै स्टोर दाखिला गर्न दबाब दिएसंगै औषधि गणना गर्दा एक लाखको मात्र औषधि रहेको पाइएको थियो ।
नगरपालिकाले खरिद गरेको भनिएको औषधिमा नेपाल सरकार द्वारा वितरण हुने निःशुल्क औषधि समेत समाबेश गरेको पाइएको छ । निःशुल्क वितरण गरिने औषधिमा आरएल, सिटामोल, डायजिन, एमोक्कसिसिलिन, मेट्रोनलगायत दश प्रकार भन्दा बढि औषधि समाबेश गरिएको खुल्न आएको छ । औषधिमा अनियमितता हुनु जनप्रतिनिधिहरुको गैर जिम्मेबारीपूर्ण कार्य भएको भन्दै स्थानीय आक्रोशित बनेका छन ।
बिश्रामपुर स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र यादवले कम परिणामको औषधि ल्याएर बढि परिणामको भन्दै स्टोर दाखिला गर्न भनेपछि आफुले नमानेको बताएका छन । नगरपालिकामा पाँच वटा स्वास्थ्य चौकी रहेको छ । ग्रामिण क्षेत्रका यस्ता स्वास्थ्य चौकी बिपन्न बर्गका बासिन्दाको एक मात्र सहारा रहेको छ । यस्ता स्वास्थ्य चौकीमा हुने आर्थिक अनियमिततामा जनप्रतिनिधिहरुको समेत संलग्नता हुने गरेको स्थानीयको गुनासो रहेको छ । नगरपालिकाका स्वास्थ्य फाँटका प्रमुख यादवले आफुले नगरपालिकाले खरिद गरेको औषधि दाखिला गर्न मात्र खोजेको बताएका छन । सो स्वास्थ्य चौकीमा संचालन हुदै आएको प्रसुती सेबा समेत चार महिनादेखि बन्द छ ।

शेयर गरौ

ताजा अपडेट