नारायणीसहित १३ वटा नदीमा खतराको तह पार : देवघाटको आश्रममा बसेकालाई सारियो

 

चितवन, । चितवनको नारायणी नदी सहित जिल्लाका १३ वटा खोला तथा नदीले खतराको तह पार गरेको छ ।
केही स्थानमा नदी तटिए क्षेत्रमा डुवान र कटान गरेपनि मानवीय क्षती भने नभएको प्रमुख जिल्ला अधिकारी इन्ददेव यादवले जानकारी दिनुभएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा चितवनको त्रिशूली नदीको कालीखोलामा २७६.२ मिलिमिटर, कल्याणपुरमा २९१ मिलिमिटर, शक्तिखोरमा २३१.८ मिलिमिटर, नारायणी फिल्ड अफिस आसपास २४७.४ मिलिमिटर, झुवानीमा २३८ मिलिमिटर र देवघाटमा २४४.२ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।
नारायणी नदीले देवघाटमा खतराको तह नाघेको छ भने जलसतह अझै बढ्दो क्रममा रहेको प्रशासन कार्यालयले जानकारी दिएको छ । यहाँ जलसतह ९ मिटरलाई खतराको तह मानिन्छ । अहिले जलसतह १०.५७ मिटर नाघिसकेको देवघाट जलसहत मापन केन्द्रले जनाएको छ ।
नारायणगढस्थित नारायणी पुलमा जलसतहले सतर्कता तह नाघेको छ । यहाँको सतर्कता तह ११ मिटर रहेकामा जलसतह बढेर १२.७२ मिट पुगेको छ । भरतपुर महानगरपालिका वडा नंं १ देवघाटमा रहेको जय भोले कुटी(थारु कुटी) र अखण्ड धर्मशालामा वस्ने एकसय जनालाई राति १ बजेनै सुरक्षित स्थानमा सारिएको छ । प्रहरी सहायक निक्षिक बिरेन्द्र कुमार शाहको टोलीले मारवाडी समाजको भवनमा उद्धार गरी ल्याई राखिएको प्रहरीले जानकारी दिएको छ ।

 

 

शेयर गरौ

ताजा अपडेट