मुग्लिन नारायणगढ सडक राति बन्द : जोखिम रहेको स्थानमा डोजर तयारी अवस्थामा

 

चितवन, । निरन्तर वर्षा भएपछि मुग्लिन नारायणगढ सडकखण्ड शुक्रबार साँझदेखि शनिबार विहानसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
सम्भावित जोखिमलाई ध्यान दिएर वेलुका ७ बजेदेखि विहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
भारी वर्षाले गर्दा पहिरोको जोखिम उच्च रहेको भन्दै जिल्ला सुरक्षा समितिले नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा गाडी चलाउन नपाइने भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने छ । यो सडकखण्डको कालिखोला, घुमाउने, सिमलताल लगायतको स्थानमा पहिरोको जोखिम रहेको छ । साना पहिरो गएपनि अहिले सडक अवरुद्ध हुने गरी पहिरो नखसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
साँझ ७ बजेदेखि विहानसम्म पूर्णरुपमा निषेध गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । आपतकालिनका सवारी साधान बाहेक कुनैपनि साधन चलाउन नपाइने उहाले बताउनुभयो ।
डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी चन्देश्वर साहले पहिरो जाने जोखिम स्थानमा डोजर, लोडर लगायतका सामग्री तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । सिमलताल, १७ किलो र मुग्लिनमा पहिरो पन्छाउने साधन राखिएको बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट