राष्ट्रपति रामचन्द्र पौडेल आज चितवन आउँदै

चितवन, ।राष्ट्रपति रामचन्द्र पौडेल आज चितवन आउँदै छन् । राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आयोजना गरेको विशेष कार्यक्रमलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल बिहान ११ बजे भरतपुर आइपुग्ने र त्यस लगत्तै क्यान्सर अस्पतालको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेल सहभागी हुने अन्य औपचारीक कार्यक्रम छैन ।

क्यान्सर अस्पतालको कार्यक्रमलाई सम्बोधन गरेपछि उनी पश्चिम नवलपरासी जाने डिएसपी रिजालले जानकारी दिए ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको दिनलाई आधार मानी विगत २० वर्षदेखि सतर्कता दिवस मनाइँदै आएको छ । यही अवसरमा क्यान्सर अस्पतालले आफ्नो रजत महोत्सव समारोह आयोजना गर्दै छ ।

चीन सरकारको सहयोगमा स्थापित यो अस्पतालले २०५६ असोज १० गतदेखि सेवा सुरु गरेको हो । यसको औपचारिक उद्घाटन २०५७ असोज १० गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका हुन् ।

शेयर गरौ

ताजा अपडेट