चितवन २२ फागुन ।
अरुण संचार सहकारी संस्थाद्धारा संचालित चितवनको रत्ननगर १ बकुलहरमा रहेको रेडियो अर्पण १०४.५ मेगाहर्जले आफनो आठौं वार्षिकोत्सको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । रेडियोले वुधवार प्रदेश सांसद ,विभिन्न क्षेत्रमा रहेर पर्यटन व्यवसायमा आवद्ध रहेका व्यवसायी सहित स्थानिय निकायमा प्रमुख संग चितवनको पर्यटकिय क्षेत्र सौराहामा “समृद्धि चितवनका लागि पर्यटन व्यवसाय” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन् गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय कृष्ण प्रसाद खनाल रहनु भएको थियो । खनालले संघिय सरकारवाट सहयोगको लागि पहल गरिरहेको र प्रदेश सरकार वाट सहयोग गरिरहेको वताउदै व्यवसायीले सहयोग गरेमा पर्यटन वर्ष २०२० मा सरकारले सोचेअनुरुप पर्यटक भित्रयाउन सकिने वताउनु भएको छ । व्यवसायले वाढीको जोखिम रहेको वताउदैं खनालले छिटै समस्या समाधान हुने गरि कयर खोलामा ड्याक निमार्णको कार्य सुरुभएको वताउनु भएको छ ।
त्यस्तै विशिष्ट अतिथि माननीय प्रदेश सभा सदस्य कञ्चन खनालले पर्यटक क्षेत्र विस्तार गर्न आवश्यक रहेको वताउदै आफ्नो तर्फवाट सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । खनालले सवै समुदायको भेषभुषा देख्न पाउने गरि धार्मिक पर्यटकिय गन्तव्य विस्तार गर्न सकेमा चिवनको पर्यटन व्यवसायमा थप टेवा पुग्ने वताउनु भएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि रत्ननगर नगरपालीकाका मेयर नारायण वनले नगरपालीकाले सौराहा क्षेत्रलाई वजेट विनियोजनमा पहिलो नम्वरमा राख्ने गरेको वताउनु भएको छ । मेयर वनले व्यवसायीको सहयोग पाएमा नगरपालीकाले सहयोग गर्न तयार रहेको र केहि विकाश निमार्णको कार्य थाल्दा व्यवसायको सहयोग नपाउदा सौराहामा विकाश नदेखिएको वताउनु भएको छ । वनले सौराहामा नया होटल स्थापना गर्दा ५ कठ्ठा भन्दा कम क्षेत्रफ भएको पाईएमा नक्सा पास नगर्ने वताउनु भएको छ ।
वनले पुरानो पदमपुरा ताल निमार्ण गर्न राष्ट्रिय निकुञ्ज तयार रहेको वताउनु भएको छ । साथै रत्ननगरको लौरीघोल र पञ्चनदीमा ढुङ्गा सयरको व्यवस्थम गर्ने वताउनु भएको छ ।
कार्यक्रममा पर्यटन विज्ञ डा. कृष्ण राज पन्तले समग्र चितवनको पर्यटन क्षेत्रको अवस्थारको वारेमा र चितवनमा केकस्ता पर्यटकिय गन्तव्य विस्तार गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा चितवन उधोग संघका अध्यक्ष भेषराज दुवाडी , क्षेत्रीय होटल संघ सौराहाका वरिष्ठ उपाध्यक्ष दिपक भट्टराई , रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका रिसर्च अफिसर वावुरामा लामिछाने , मृगकुञ्ज उपभोक्ता समितिका निर्वतमान वाशु चापागाई, क्षेत्रीय होटल संघ सौराहाका पुर्व अध्यक्ष शंकर सैजु, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हिरा वहादुर गुरुङ्ग, होटल सेभेन स्टारका जनरल म्यानेजर प्रेम जिसी, रेडियो अर्पण १०४.५ मेगमहर्जका उपाध्यक्ष यमन भुसाल , सचिव सुरज पौडेल लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा रेडियोका कोषध्यक्ष एवं युवा समाजसेवी होटल व्यवसायी माधव दुवाडीले स्वागत मन्तव्य राख्नु भएको छ । दुवाडीले भरतपुर विमान स्थल विस्तार गर्न पर्ने ,पर्यटन व्यवसायी मार्फत विदेशी पैसा नेपालमा लगानी गर्दा पनि राज्यले र स्थानिय निकायले सौराहालाई उपेक्षा गरेको वताउनु भएको थियो ।
कार्यक्रमा सहभागीहरुले पुर्वी चितवनका चार नगरपालिका मिलार महानगर निमार्ण गर्न सके विकासमा गति लिन सकिने वताएका छन् ।
कार्यक्रममा रेडियोका अध्यक्ष मेघनाथ पौडेलले पर्यटन व्यवसायलाई रेडियोको सहयोग र साथ रहेको वताउदै यस क्षेत्र संग सम्वन्धित रेडियो कार्यक्रम प्रसारण थाल्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
कार्यक्रम सामुदायीक रेडियो , रेडियो अर्पणका अध्यक्ष मेगनाथ पौडेलको अध्यक्षतामा सम्पन् भएको थियो ।