नौरङ्गे टोलकाे साधारण सभा सम्पन्न

आश्विन ३ ,भरतपुर ।
भरतपुर महानगरपालिका वडा नम्वर १२ मा रहेको नौरङ्गे टोल विकास संस्थाले आफ्नो विसौँ साधारण सभा सम्पन्न गरेको छ ।

विहिवार विहान टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तको अध्यक्षता र वडा नम्वर १२ का अध्यक्ष लेखराज पन्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा टोलवासीका तर्फबाट वडा अध्यक्षको सहयोग र समर्पणको उच्च कदर गर्दे उहाँलाई अभिनन्दन समेत गरिएको थियो । सचिव संगिता थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा वडा अध्यक्ष लेखराज पन्तले टोल विकास संस्थाले उत्कृष्ट ढंगले जिम्मेवारी बहन गरि रहेको, वडा कार्यलयले आयोजना गर्ने सबै कार्यक्रमहरुलाई आफ्नै कार्यक्रम सम्झेर सहयोग गर्ने गरेकोले टोलबासि र कार्यसमिति प्रति आफु आभारी रहेको वताउनु हुँदै आगामी दिनमा समेत टोलका आवश्यकताहरु लिएर वडा कार्यालयमा आएमा आफु सदैव सकारात्मक रहेको र महानगरमा समेत पहल गर्ने बचनवद्धता प्रकट गर्नु भएको थियो ।
कार्यक्रममा ८० वर्ष पार गर्नु भएका टोलबासिहरु क्रमसः लिलादेवी पौडेल, गौरीमाया सुवेदी, देव कुमारी थापा, राधादेवी उपाध्याय, गुणकुमारी तिवारी, अम्वकुमारी ढकाल, रत्नकला क्षेत्री, क्षेत्र बहादुर खड्का, भविलाल घिमिरे, रामबहादुर राना, नरवहादुर बानिया, तारादेवी न्यौपाने, नन्दमाया भुुजेल, चुन्ताकुमारी थापा, रुपमाया घिमिरे सहित १५ जना जेष्ठ नगारिकहरु, यस वर्ष एमविविएस उत्तिर्ण गर्ने मोनिष्का घिमिरे र रोशिम श्रेष्ठ, यस वर्षको एसइइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने छात्र योगेश पौडेल र छात्रा ग्रेसी थापा, बाल क्लवले आयोजना गरेको हस्तलेखन प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने क्रमस नविना घिमिरे, सआशा क्षेत्री र एशिका काफ्ले लगायत टोलमा विभिन्न क्षेत्रमा सहयोग गर्नु हुने क्रमस लक्ष्मी कुमार श्रेष्ठ, एकराज गिरी, सितल पन्त, डम्वर रोकाया, गणेश भट्टराई, दिपक पराजुली, धनपति सुवेदी र अजय स्याङ्तानलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा धनगढा एकिकृत विकास समितिका अध्यक्ष विश्ववन्धु पौडेल, ज्योति पुस्तकालयका अध्यक्ष कृष्णराज मरहठ्ठा, सल्लाहकारहरु क्रमस कृष्ण प्रसाद पौडेल, मदनकृष्ण घिमिरे, ऋषीराम पौडेल, लक्ष्मी कुमार श्रेष्ठ, आमा समूहका अध्यक्ष मनकुमारी जिसी, युवा क्लवका अध्यक्ष आयुष रिमालले शुभकामना व्यक्त गर्नु भएको थियो भने सम्मानित हुनु हुने जेष्ठ नागरिक नरबहादुर बानियाले आफ्नो ८६औं जन्माेत्सवकाे अवसरमा टोल विकास संस्थालाई आर्थिक सहयोग समेत गर्नु भएको थियो । विसौँ साधारण सभाको कार्यक्रममा अध्यक्ष सन्तोष पन्तले यस वर्षका कार्यक्रम अनुमोदन गरि सहयोग गर्नु भएकोमा टोलबासि सबै प्रति आभार प्रकट गर्नु हुँदै आगामी वर्षकालागि टोल विकास सस्था, आमा समूह, युवा क्वल र बाल क्लवले गर्ने कार्यक्रम प्रस्तुत गर्नु भएको भएको थियो भने उपाध्यक्ष पुस्तकराज न्यौपानेले स्वागत मन्तव्य, संगिता थापाले सचिवको प्रतिवेदन, यवनिधि तिवारीले कोषाध्यक्षको प्रतिवेदन, विष्णुमाया रानाभाटले आय व्ययको विवरण प्रस्तुत गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट