चितवन,२२ फागुन :
नेपाल ज्योतिष परिषद् नवलपुर जिल्ला कार्य समितिको मासिक बैठक तथा पुस्तक लोकार्पण कार्यक्रम आज बुधबार गैडाकोटमा सम्पन्न भएको छ । नेपाल ज्योतिष परिषद् नवलपुर जिल्ला शाखा अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष ज्यो, बलराम सुवेदीले लेख्नु भएको सरल ज्योतिष नामक पुस्तकको आज एक कार्यक्रमकाबीच लोकार्पण गरिएको हो । सुवेदीले सो पुस्तकबाट ज्योतिष शास्त्र सबैले सरल तरिकाबाट ज्ञान हासिल गर्न सकुन भन्ने उद्धेश्यले निकालिएको बताउनुभयो । अहिलेका पुस्तालाई धर्म क्रममा आस्थावान हुनसमेत उहाँले आग्रह गर्नुभयो ।
सो कार्यक्रमको प्रमखु अतिथी विरेन्द्र क्याम्पसका प्रमुख तथा ज्योतिषर्विद् प्राध्यापक कपिल अज्ञात रहनु भएको थियो । प्रमुख अतिथी अज्ञातले सुभकामना व्यक्त गर्दै समाज परिवर्तनका लागि यस्ता पुस्तकले सत ज्ञान प्राप्ती हुने बताउनुभयो । आगामी दिनहरुमा पनि यस्ता पुस्तकहरु निकाल्न आग्रह गर्नुभयो । गैडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धुव्रराम पौडेलले राज्यबाट पनि ज्योतिष शास्त्रलाई उच्च सम्मानका साथ हेर्न जरुरी रहेको बताउनुभयो । उहाँले समाजमा विकृती फैलिएको बताउदै प्रत्येक विद्यालयमा सँस्कृतको पठनपाठन हुन आवश्यक रहेको बताउनुभयो ।नेपाल ज्योतिष चितवनका अध्यक्ष ज्यो माधव सापकोटाले विवाह, ब्रत बन्धन,रुद्रि,र चौरासी पुजालाई एउटै समयमा गर्न हुने वा नहुने भन्ने कुराको स्पष्ट पार्नुभयो ।
आर्दश गृहका संरक्षक तथा समाजसेवी मिना खरेलले ज्योतिष एउटा सामाजिक विज्ञान हो भन्दै अबको पुस्ताले केहि सिक्नको लागि नयाँ बाटो देखाउन यस्ता पुस्तकले सहयोग गर्ने बताउनुभयो । उहाँले नेपालमा चल्दै आएको धमर्, ग्रन्थ ज्योतिष शास्त्र कहिल्यै परिवर्तन हुन नसक्ने बताउनुभयो । उक्त कार्यक्रममा डाक्टर मन्तिप्रसाद ढकालले ज्योतिष शास्त्र गहन बिषय भएकाले यसलाई निरन्तर रुपमा अगाडि बढाउन सरकारले पनि बिशेष रुपमा हेर्नु पर्ने बताउनुभयो । ज्योतिषहरुले यस्ता कार्यक्रम आयोजना गरि प्रशिक्षण दिएमा मानवमा अझै प्रभाव पर्ने बताउनुभयो ।
नेपाल ज्योतिष परिषद् नवलपुर केन्द्रिय समितीका सदस्य ई लक्ष्मीप्रसाद स्वतीले युवा पुस्ता अहिले ज्योतिष शास्त्रमा उसाहा पूर्वक लागेको बताउदै वास्तुले हरेक व्यक्तिमा पार्ने असर र त्यसलाई निराकरण कसरी गर्न सकिन्छ भन्ने विषय लिएर प्रस्ट पार्नुभयो । नेपाल ज्योतिष परिषद् चितवन जिल्लाका निर्वतमान उपाध्यक्ष ज्यो भविन्द्र हमालले पण्डित र ज्योतिषीहरुमा एकरुपता आउनु पर्न बताउनु भएको थियो ।
सो कार्यक्रममा चितवन ज्योतिष परिषद्का सदस्य सोमराज सुवेदीले स्वागत मन्तव्य राख्नु भएको थियो । यसैगरी आजिवन सदस्य हरिप्रसाद आचार्य र पूर्व जेसीस कञ्चन अग्रवालले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण चितवन ज्योतिष परिषद्का पूर्व उपाध्यक्ष डम्बरराज गौतमले गर्नु भएको थियो ।