विकास निर्माणको काम छिटो सम्पन्न हुनेछ : मन्त्री दाहाल 

चितवन,  । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले  चालु रहेका विकास निर्माणका काम समयमा सक्ने कुरामा सरकार गम्भीर रहेको बताउनु भएको छ  ।
नेकपा एमाले चितवनले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उहाले निर्माणाधिन अबस्थामा रहेका पुर्वाधार अलपत्र पार्ने छुट कसैलाइ नभएको बताउनु भयो । ” तोकिएको समयमा निर्माण कार्य गर्न पर्छ यदि गरिदैन भने त्यो विषयमा सरकारले गम्भीर रुपमा हेर्ने छ ” उहाले भन्नू भयो ” देशका विभिन्न स्थानमा भएका ठेक्का समयमा नसक्ने काम गरे जस्तो गरेर ढिला सुस्ती गर्ने कार्य भै राखेको छ यो सुधार्नु पर्द्छ । “
उहाले  नयाँ प्रस्तावित विकास निर्माणका बारेमा आवश्यक अध्ययन गरी काम अगाडि बढाउनेतर्फ सरकार लाग्ने बताउनु भयो ।  विकास निर्माणका काममा नागरिक स्तरबाट अनुगमन तथा निरीक्षण एवम् आवश्यक सुझाव गर्न समेत नेता कार्यकर्तालाई निर्देशन दिनु भयो ।
भेटका क्रममा चितवन राष्ट्रिय निकुञ्ज भित्रको माडी जाने बाटो धुलोरहित, राम जन्मभूमि अयोध्याधाम, राजधानी समेत रहेको बागमती प्रदेशमा भारतसँग जोड्ने व्यापारिक नाका, हुलाकी राजमार्ग, ठोरी केरुङ् राजमार्गको विषयमा जानकारि गराइएको थियो ।
एमाले चितवनका अध्यक्ष कमल राज पाठकको अध्यक्षता सम्पन्न भएको भेटघाट कार्यक्रम  नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्यहरु कपिलदेव पोखरेल, प्रभा बराल, यम बहादुर परियार, केन्द्रीय सल्लाहकारहरु हरि सापकोटा, डा त्रिलचन्द्र भट्टराई, सुर्य शर्मा, एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामाले चितवनको विकास निर्माण र अधुरा रहेका कामको बारेमा जानकारी गराउनु भएको थियो ।
यसै गरि सोमबार बिहान प्रेस चौतारी चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकारले  अग्रसरता दिएको जानकारी दिनु भयो । मन्त्री दाहालले भन्नू भयो ” अहिलेसम्म जे जसरी ढिला भएपनि अब ढिला गर्न हुदैन  एक वर्षभित्र काम सम्पन्न  गर्न पर्छ सरकारको निर्देशन यहि छ । “
 एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमती भैसकेकाले काम समयमा सम्पन्न हुनेमा विश्वास बढेको बताउनु भयो । “सडक निर्माणको काम सुरु भएको लामो समय भइकेको छ तर प्रगति हेर्दा ५४/५५ प्रतिशत मात्र काम भएको पाइएको छ । हामीले एक वर्षको म्याद थपेका छौँ, सोही अवधिमा जसरी पनि काम सकिन्छ ” मन्त्री दाहालल्र भन्नू भयो।
सरकारका तर्फबाट निर्माण कम्पनीलाई दिनुपर्ने भुक्तानी रोकिएको छैन, । काम चाँडो सक्नका लागि ठेकेदार कम्पनीसँग बारम्बार छलफल भइरहेको छ । बर्सात गर्दा केही समस्या भएको हुन सक्छ  अब  कामको गति हेरेर मुल्यांकन हुन्छ उहाले भन्नू भयो । कामको गति बढाउन नसके सरकारले ठेकेदारको विकल्प खोज्ने छ । हामी ठेक्का सकेसम्म तोडन नपरोस भन्ने चाहन्छौ । यदि काम भएन भने तोडेर अगाडि बढ्ने छौ उहाले भन्नू भयो ।
पत्रकार सम्मेलन प्रेस चौतारीका जिल्ला अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो ।।

शेयर गरौ

ताजा अपडेट