भरतपुर डुवानमा माडीमा उच्च सतर्कता अपनाउन प्रशासनको अनुरोध

चितवन, १६ भदौ । विहानदेखि परेको भारी वर्षातले गर्दा भरतपुर डुवानमा परेको छ । प्रयाप्त ढलको निकास नहुदा पानी जमेर घरमा पसेको छ भने जनजीवन प्रभावित पारेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुरको हाकिमचोकदेखि भरतपुर अस्पतालसम्म आउने बाटो अवरुद्ध भएको छ । प्रयाप्त मात्रामा पानीको निकास नभएपछि त्यहाँ भएका सरकारी कार्यालयहरुमा समेत ढुवानको समस्या परेको छ ।
भारी वर्षाकै कारण चितवनको माडी नगरपालिकामा रहेको खोलामा अत्याधिक बाढी आएको छ । वाढीले खोला तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको माडी आसपासमा पछिल्लो चार घण्टा अति वर्षा भएको र थप वर्ष हुने देखिएकाले रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेकाले सतर्क रहन प्रशासनले आह्वान गरेको हो।
कल्याणपुर (माडी) वर्षामापन केन्द्र र माडी आसपासमा अति भारी वर्षाको सम्भावना छ, चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्दछ भन्नु भएको छ । माडीमा खहरे खोलामा कारण प्रत्येक वर्ष धनजनको क्षती हुने गर्दछ । यहाँ पानी पर्ना साथ साना खोलाहरु पनि एक्कासी उर्लिएर आउने गर्दछन् ।

शेयर गरौ

ताजा अपडेट