१० वर्षमा बन्यो नुवाकोटमा केन्द्रीयस्तरको कारागार

काठमाडौँ । नुवाकोटको नयाँ कारागारमा काठमाडौं उपत्यकाबाट डेढ सय कैदीलाई स्थानान्तरण गरिएको छ । विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्प (चण्डीपोखरी) मा निर्माणाधीन केन्द्रीय कारागारको पहिलो र दोस्रो चरणको काम सकिएसँगै गृह मन्त्रालयले उपत्यकाका सुन्धारा ९जगन्नाथदेवल०, डिल्लीबजार र ललितपुरको नख्खु कारागारका १ सय ५० कैदीलाई नुवाकोटमा स्थानान्तरण गरेको हो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा १० वर्षअघि नै मन्त्रिपरिषद् बैठकले उपत्यकाका कारागारमा कैदीबन्दीको चाप कम गर्न भन्दै विदुरमा करिब ७ हजार कैदीबन्दी अट्ने गरी केन्द्रीय कारागार निर्माण गर्ने निर्णय गरेको थियो । गुरुयोजनाअनुसार ७ अर्ब लागतमा सुविधासम्पन्न कारागार निर्माण गर्ने लक्ष्यसहित आव २०७१।७२ देखि काम अघि बढेको थियो ।
कारागारका लागि सरकारले ६ सय २० रोपनी जग्गा व्यवस्था गरेको थियो ।त्यसमध्येको पहिलो र दोस्रो चरणमा गरी २ अर्ब रुपैयाँ लागतमा निर्माण भई शनिबार गृहमन्त्री रमेश लेखकले कारागार उद्घाटन गरेका हुन् । कारागार व्यवस्थापन विभागका अनुसार निर्माण सम्पन्न भएका ३ वटा पुरुष ब्लक र एउटा महिला ब्लक तथा प्रहरी र सशस्त्रका एकरएक वटा ब्लक छन् । महिला र पुरुष ब्लकका ४ वटा संरचनामा १ हजार ३ सय ७० जना कैदीबन्दी राख्न मिल्ने क्षमताका छन् ।

त्यही संरचनामा नुवाकोट जिल्ला कारागारमा रहेका डेढ सय र काठमाडौंबाट स्थानान्तरण गरिएका अरू डेढ सय गरी कुल ३ सय कैदीबन्दीलाई नयाँ संरचनामा राखिएको हो । विभागका महानिर्देशक जयराज आचार्यले भदौभित्र उपत्यकाका तीनवटै कारागारबाट थप ५ सय कैदीलाई नुवाकोट सार्ने तयारी रहेको बताए ।

 

शेयर गरौ

ताजा अपडेट