चितवन । भरतपुरको अरोमा कलेजमा अध्ययन गरेका आठ जना विद्यार्थीले विद्यार्थीले चिकित्सा शिक्षा स्नातक तहमा अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् ।
एमइसीइइ वीएल २०२५ का लागि २०८१ मा लिएको परीक्षामा एमवीवीएसको प्रवेश परीक्षामा उत्कृष्ट नतिजासहित छात्रवृत्ति प्राप्त गरेका हुन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुमा सक्षम अधिकारी, आर्यन तिवारी, उत्सव पौडेल, सुजितकुमार यादव, विमर्श तिमल्सिना, सहज अधिकारी, निर्वान पौडेल र पुरुषोतम पौडेल रहेको कलेजका प्राचार्य शेरवहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
यस अगाडिका वर्षहरुमा पनि अरोमा कलेजमा अध्ययन गरेका विद्यार्थीले उत्कृष्ट अंकसहित छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए । भर्खरै नेपालको प्रतिनिधत्व गर्दै यसै कलेजमा अध्ययन गरेका दुइजना विद्यार्थीले अन्तरराष्ट्रिय कार्यक्रममा सहभागी भएका थिए ।