चितवन, १० भदौ । पर्यटकीय नगरी सौराहा क्षेत्रमा केही दिनदेखि दुर्लभ जलचर ‘डल्फिन’ देखिन थालेको छ ।
नारायणी नदीको मेघौलीमा धेरै वर्षपछि गत वर्ष एक पटक डल्फिन देखिएको थियो । तर सौराहाको राप्ती नदीमा देखिएको पहिलो पटक भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । सौराहाको वुढी राप्ती, सौराहाको मुख्य पर्यटकीय क्षेत्रको राप्ती नदी क्षेत्रमा खेल्दै गरेको अवस्थामा देखिएको छ ।
दुर्लभ जलचर देखिनु धेरै सकरात्मक भएको उहाले बताउनुभयो । के कती सख्यामा रहेको छ भन्ने विषयमा हामीले अध्ययन गर्ने तयारी रहेको जानकारी दिनुभयो । केही दिनदेखि निरन्तर देखिन थालेपछि हेर्नेको भिड बढेको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तमाङले जानकारी दिनुभयो ।
सौराहा क्षेत्रमा डल्फिन देखिएको अहिलेसम्म नसुनेको र कसैले देखे भनेर भनेको पाएका छैनौ उहाले भन्नुभयो यो हाम्रो लागि धेरै अचम्मको विषय भएको छ । यती सानो नदीमा समुन्द्रमा पाइने डल्फिन देख्न पाउनु भाग्यको कुरा हो ।
टाडीबाट सौराहा जाने बाटोको बिचमा रहेको वुढी राप्तीको डुङगा घाट, हात्ती प्रजनन् केन्द्र खोरसोर, सौराहाको मुख्य पर्यटीय क्षेत्र पव, ढुङग्रे खोलामा डल्फिन देखिएको छ अध्यक्ष तामाङले भन्नुभयो । अहिलेसम्म एउटा मात्र हो की भन्ने अनुमान गरेका छौ । निकुञ्जको टोलीले अध्ययन गरेपछि सख्याको विषयमा जानकारी होला उहाले भन्नुभयो । चारदिनदेखि सौराहा वरीपरी मुख्य र सहायक खोलामा डल्फिन खेल्दै गरेको देख्न सकिएको छ ।
डल्फिन देखिएपछि आन्तरिक र वाह्य पर्यटक समेत हेर्नेको भिड लागेको पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
नेचरगाइड रवि श्रेष्ठले आइतबार बुढीराप्ती खोलामा उक्त डल्फिन देखेको जानकारी दिनुभयो । बुढी राप्तीको डुंगाघाटमा उक्त डल्फिन देखा परेपछि श्रेष्ठले फोटो र भिडियो खिच्नु भएको थियो । निरन्तर डल्फिन देखिन थालेपछि अन्यले पनि फोटो खिच्न थालेका थिए ।
नारायणीमा खास गरेर मेघौलीभन्दा तल नवलपुरको अमलटारी आसपासमा केही वर्षयता यता फाट्टफुट्ट डल्फिन देखिएको थियो । यो पटक गत चैत्रमा नारायणी नदीको माथिल्लो क्षेत्र नारायणगढ बजार आडमा नै डल्फिन देखिएको थियो । राप्तीमा २०३२÷३३ साल तिर कसरा नजिक एकपटक डल्फिन देखिएको र त्यसयता कहिल्यै नदेखिएको चितवन निकुञ्ज निकुञ्जका पूर्व प्रमुख रामप्रित यादवले बताउनुभयो । कसराबाट पूर्व सौराहा क्षेत्रमा अहिलेसम्म डल्फिन नेदेखिएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।