चितवन, । गुडिरहको माइक्रोबसमा पहाडबाट ढुंगा खस्दा तीन जना घाइते हुनु भएको छ ।
नारायणगढ मुग्लिन सडकखण्डको सत्रकिलोमा पहाडबाट ढुंगा खस्दा बा.प्र.०१–००६ ख ६४१४ नं.को माइक्रो वसमा यात्रा गरेका तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । काठमाण्डौबाट नारायणगढ तर्फ आइराखेको माइक्रोमा भरतपुर महानगरपालिका वडा नंं २९ सत्रकिलो भन्ने स्थानबाट विहान १०ः३० बजेको समाय खसेको ढुंगा लागेको थियो ।
घाइते हुनेमा नवलपुर जिल्ला देवचुली नगरपालिका वडा नंं १३ घर भएका ३० वर्षीय कल्पना परियार, ८ वर्षकी उहाँको छोरी कबिता परियार र उहाँकै ५ वर्षीय छोरी कन्चन परियार घाइते हुनु भएको हो । उहाँहरुको हातमा चोट लागेको छ । घाइते तीनै जनाको पुरो मेडिकल कलेजमा उपचार भइराखेको प्रहरीले जानकारी दिएको छ । मङगलबार निजी कारमा मुग्लिन नारायणगढ सडक खण्डको ३ नं. पुलमा ढुंगा खस्दा क्षती भएको थियो ।