चितवन । मुग्लिन नागढुंगा सडक खण्डको नागढुंगा नजिकै सडकमाथिबाट पहिरो खस्दा राजधानी जाने मार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
बुधबार बिहान पौने ११ बजे चन्द्रागिरि नगरपालिका २ नागढुंगास्थित चेकपोइन्टबाट टायलघरतर्फ ३ सय मिटर पश्चिम पहिरो खस्दा सडक अवरूद्ध भएको हो।
प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर हेम थपलियाले पानी परिरहेको र पहिरो खसिरहेकाले पन्छाउनका लागि समस्या भएको जानकारी दिनुभयो । सडक माथिबाट
रुखसहितको पहाड खसेको छ । पानी परिराखेकाले पन्छाउन समस्या भएको प्रहरीले जानकारी दिएको छ । पहिरो खसेपछि सवारी आवागमन दुईतर्फी नै अवरूद्ध भएको छ ।
पहिरोले सडक अवरूद्ध भएकाले सवारी साधन नागढुंगाबाट अगाडि नै रोकिएको उहाले बताउनु भयो।
बाटो अवरूद्ध भएपछि दुईतर्फी नै साधन रोकिएका छन्। इन्स्पेक्टर थपलियाले वैकल्पिक मार्ग प्रयोगका लागि समन्वय भएको जानकारी दिनुभयो । पहिरो खस्न छाडेपछि पन्छाउन सुरू गरिने पनि इन्स्पेक्टर थपलियाले जानकारी दिनुभयो ।