चितवन, फागनु २२ ।
भतरपुरको सप्तगण्डकी वहुमुखी क्याम्पसको प्रमुखमा मणिराज महतो नियुक्त हुनुभएको छ ।
लामो समयदेखी सोही क्याम्पसमा अध्यापन गराईरहनुभएका महतोले क्याम्पसप्रमुख पदमा आजवाट पदवहाली गर्नुभएको छ ।
महतोलाई निवर्तमान क्याम्पस प्रमुख खेमनारायण सापकोटा, प्राध्यापक, कर्मचारी र बिद्यार्थीले स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।
स्नातकोत्तर सम्म अध्यापन हुने यस क्याम्पस सामुदायीक क्याम्पस हो ।
