भेनेजुएलाका राष्ट्रपति निकोलसद्धारा आफ्ना बिरोधीलाई पागलको संज्ञा

काठमाडौं, २२ फागुन ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफूलाई सत्ताबाट हटाउने प्रयासमा लागेका ‘पागल अल्पसंख्यक’ लाई हराएरै छोड्ने बताए ।

विपक्षी नेता हुँवा गुइदोलाई चुनौति दिँदै राष्ट्रपति मदुरोले शनिबारका लागि ‘साम्राज्यवादी विरोधी मार्च’ आह्वानसमेत गरेका छन् ।

आफ्ना राजनीतिक गुरु ह्युगो चावेजको निधन भएको छैटौं वर्षगाँठ पुगेको दिनमा भएको कार्यक्रमा राष्ट्रपति मदुरोले पालग अल्पसंख्यकले उनीहरुको घृणा तथा द्वेषको यात्रा कायम राखेको भन्दै त्यो उनीहरुकै समस्या भएको बताए ।

सर्वोच्च अदालतले लगाएको भ्रमण प्रतिबन्ध उल्लंघन गर्दै समर्थन बलियो बनाउनका लागि छिमेकी देश गएका गुइदो सोमबार काराकास फर्किएका थिए ।

भेनेजुएलामा हजारौं मानिसले अहिलेका राष्ट्रपति निकोलस मदुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

३५ वर्षीय गुइदोले मदुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । (एजेन्सी)

शेयर गरौ

ताजा अपडेट