यस वर्षको साउनमा देबघाटधाम आउने भक्तजन एक लाख तीस हजार

 

देवघाट । तीन जिल्लाको संगम देवघाटधाम मेलामा साउन महिनामा एक लाख तीस हजार भक्तजन सहभागी भएका छन् ।
साउनको पहिलो साता सामान्य भक्तजन सहभागी भएको मेलामा त्यसपछिका सोमबार वोलवम आउनेको सख्या वृद्धि भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन वरालले जानकारी दिनुभयो । ‘पहिलो सोमबार भक्तजन खासै सहभागी हुन सकेका थिएनन्, सिमलतालमा वस दुर्घटना भएपछि त्रासले धेरै सहभागी हुन सकेको थिएन ’कार्यकारी निर्देशक वरालले भन्नुभयो ‘ त्यसपछि सहभागीको सख्या वृद्धि भएर गयो ।’
अन्तिम सोमबार मात्रै ५० हजार भक्तजना सहभागी भएको हाम्रो विवरणमा उल्लेख छ उहाले भन्नुभयो । अन्तिम सोमबार विहान ४ बजेदेखिनै स्नान गर्न भक्तजन आउनु भएको थियो । देवघाटधाममा चितवन,नवलपरासी, मकवानपुर, तराइका जिल्ला, भारतको विहार उत्तर प्रदेश, रुपन्देही लगायतका स्थानबाट भक्तजन आउने गरेको देवघाट क्षेत्र विकास समितिले जानकारी दिएको छ । स्नान गर्न आउने भक्तजनलाई नाउ, उद्धार टोली, वोटको व्यवस्था, आपतकालिन सुरक्षाको व्यवस्था सबै सुरक्षाका उपाय अपनाएको थियो ।

 

शेयर गरौ

ताजा अपडेट