गैंडाकोट जेसिजले उद्यमशिलताको लागि युवा सम्मेलन गर्ने

 

गैडाकोट, २२ फागुन ।

गैंडाकोट जेसिजको आयोजना तथा गैंडाकोट नगरपालिकाको सहयोगमा उद्यमशिलताको लागि युवा सम्मेलन २०७५ गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरी जानाकारी दिएको छ ।

१८ बर्ष देखि ४० बर्ष सम्मको लागि लक्षित गरि सञ्चालन गरिएको सम्मेलनमा जुनसुकै उमेर समुहका र केहि सिक्न चाहानेहरुले सहभागिता जनाउन सक्ने र कार्यक्रमको लागि निशुल्क रुपमा भाग लिन पाउने गैंडाकोट जेसिज बर्ष २०१९ का अध्यक्ष जेसि भानु रिमालले जानाकारि दिनुभयो ।

नबलपुर र चितवनका बिद्यालयका युबा गरि करिब साँढ पाँच सय युबाको सहभागिता रहने र सहभागि युबा हरुलाई बिशेष अनुभब र प्रशिक्षण दिनको लागि ैसांसद एबं उद्योगि बिनोद चौधरी , डाक्टर स्वर्डीम वाग्ले र जेसिसका बिशेष प्रशिक्षक महेश दाहाल आउने भएका छन् । सम्मलेन मार्फत केहि सिक्न चाहनेहरुलाई नगरपालिका संग सहकार्य गरि सिटि ई भिटि मार्फत सिपमुलक तालिम दिलाउने गैंडाकोट जेसिज का अध्यक्ष भानु रिमाल ले जानाकारि दिनुभयो ।

समाज र युबाहरुका लागि केहि कर्ने अठोट का साथ स्थापना भएको जेसिज अहिले गैडाकोट जेसिस मा ८१ जना सदस्य रहेका छन् भने यस अघि पनि यस्ता कार्यक्रम गरिरहेको गैडाकोट जेसिजका पुर्ब अध्यक्ष जेसि रमेश काफ्लेले बताउनु भयो । सम्मेलन भोलि(बिहिवार) बिहान १० बजे बाट गैंडाकोट १ मा रहेको पुरानो धौलागिरी चलचित्र मन्दिरको हलमा दिउसो २ बजे सम्म चल्ने छ ।।

शेयर गरौ

ताजा अपडेट