संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा उनान्सत्तरी जनाले गरे रक्तदान

चितवन। रगतको अभाव पूरा गर्न चितवनका आधा दर्जन सामाजिक सस्थाले सयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन ।

नारायणगढमा आयोजना गरिएको कार्यक्रममा ६९ जनाले रक्तदान गरेका थिए । रोटरी क्लब, नारायणगढ रोटर्‍याक्ट क्लब, स्पाउज क्लब अफ आरसी नारायणगढ, इन्टर्‍याक्ट क्लब अफ वाल्मीकि र इन्टर्‍याक्ट क्लब अफ नारायणगढको संयुक्त आयोजनामा उद्योग वाणिज्य संघ–चितवनको परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“रक्तदान जीवनदान : रक्तदान महादान” भन्ने नारालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा १९ महिलासहित ६९ जनाले रक्तदान गरेको नारायणगढ रोटरी क्लबका अध्यक्ष तारानाथ पाठकले जानकारी दिनु भयो ।

उद्योग वाणिज्य संघ–चितवन सहयोगी संस्थाको रूपमा रहेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चारकेन्द्र, भरतपुरको प्राविधिक सहयोग रहेको थियो । रक्तदान कार्यक्रममा २१ जना रक्तदाताले पहिलोचोटि रक्तदान गरेको कार्यक्रम संयोजक इन्जिनियर राजेन्द्रप्रसाद पौडेलले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट