सेन्ट्रल कलेज प्रथम देवपुर सेभेन ए साइड फुटबल शनिबारदेखि

देवघाट, । सेन्ट्रल कलेज प्रथम देवपुर सेभेन ए साइड खुला नकआउट फुटबल  (शनिबार) देखि हुने भएको छ । श्री गाउँ सुधार समिति देवघाट ५ को आयोजनामा भोलिदेखि तनहुँको देवघाट गाउँपालिका ५ देवपुरमा प्रतियोगिता हुने भएको हो ।

एक सातासम्म चल्ने प्रतियोगितामा ४० टोली सहभागी हुने समितिका अध्यक्ष सुकु गुरुङले देवघाटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङको मुख्य प्रायोजकमा हुने प्रतियोगिताको विजेताले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्ने गुरुङले बताए । यस्तै उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा देवघाट ५ वडा अध्यक्ष पुर्णबहादुर कुँवर पूर्व वडा अध्यक्ष यालबहादुर गुरुङ, सामुदायिक वनका अध्यक्ष डिलबहादुर गुरुङ,देवघाट ५ वडा युवा तथा खेलकुद विकास समितिका अध्यक्ष खेमबहादुर राना र मिलिजुली आमा समुहका अध्यक्ष भरिमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट