चितवन २१ फागुन,-
नेपाल ट्रेड युनियन काग्रेस चितवनले आफ्नो ७३ औं स्थापना दिवस मंगलवार एक कार्यक्रम गरी मनाएको छ ।
तत्कालीन अवस्थामा बि.स. २००३ साल फाल्गुण २१ गते नेपाल मजदुर संघको नामबाट युनियनको स्थापना भएको थियो ।
स्थापना दिवसको अवसरमा ट्रेड युनियनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान सरकार मजदुर बिरोधी रहेको आरोप लगाएका छन । कार्यक्रममा बोल्दै कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले दुई तिहाईको दम्भले मात्तिएको वर्तमान सरकारलाई ट्रेड युनियनले मात्रै तह लगाउन सक्ने धारणा राख्नुभयो ।
बिगतमा राणा, पञ्चायत तथा राजालाई समेत ट्रेड युनियनले तह लगाएको स्मरण गर्दै धेरै दम्भ देखाए परिणाम राम्रो नहुने चेतावनी दिनुभयो । मजदुरको हक-हितका लागी पार्टीले कसैसँग सम्झौता नगर्ने स्पष्ट पर्दै श्रेष्ठले कुनै पनि शङ्का नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काग्रेसका केन्द्रिय सदस्य लक्ष्मण भट्टराईले सबै ट्रेड युनियनकर्मीहरुलाई शुभ कामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रमा नेपाली काग्रेस चितवनका सचिब राजिब न्यौपाने, कोषाध्यक्ष शंकर कंडेल, जिल्ला सदस्य तथा ट्रेड युनियन बिभाग प्रमुख गणेश पौडेल, जिल्ला सदस्य देवकी गौतम, नेपाल ट्रेड युनियन काग्रेस ३ नं प्रदेशका अध्यक्ष धनश्याम चापागाई, नेपाल ट्रेड युनियन काग्रेस चितवनका पुर्व पदाधिकारी एवं सदस्यहरु तथा मजदुरहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम नेपाल ट्रेड युनियन काग्रेस जिल्ला अध्यक्ष हरिहर सापकोटाको अध्यक्षमा सम्पन्न भएको थियो । राणाकालमा मजदुरका माग पुरा गराउन बिराटनगर जुटमिलमा गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा भएको आम हडतालले तत्कालीन शासकलाई झुक्न बाध्य पारेको थियो ।


