चितवनको जुगेडीमा बस र ट्याङकर ठोक्किदा १६ घाइते एक गम्भीर

चितवन  । नारायणगढ–मुग्लिन सडक खण्डको जुगेडी स्थित भतेरी जङ्गल मा बस र तेल ट्यांकर ठोक्किदा बसमा सवार १६ जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिनु भयो ।
आइतबार दिउँसो ३ः०० बजेको समयमा नारायणगढबाट पोखरा जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशातर्फ जादै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल बोकेको तेल ट्याङकरको पछाडि ठोक्किदा बसमा सवार १६ जना यात्रु घाइते भएका हुन् ।

घाइतेहरुको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता रिजालले जानकारी दिनु भयो ।  दुवै सवारी साधन र ट्यांकर चालक वीरगञ्ज महानगरपालिका–१६ बस्ने बर्ष ४२ को परवेज आलम प्रहरीको नियन्त्रणमा छन् ।

चितवन मेडिकल कलेजमा १० जना, पुरानो मेडिकल कलेजमा एक जना र भरतपुर अस्पतालमा चार जना यात्रु उपचाररत छन् ।

उपचाररत घाइतेहरुको नाम :

१) बस चालक बारा निजगढ नगरपालिका–१३ बस्ने वर्ष ४१ को लाल बहादुर घलान (अवस्था मध्यम)

२) सहचालक तनहुँ भानु नगरपालिका–१ बस्ने वर्ष ३९ को राजेन्द्र क्षेत्री (मध्यम)

३) बसमा सवार भरतपुर–१६ बस्ने वर्ष २६ का विनिता सुवेदी आचार्य (मध्यम)

४) विनिता सुवेदी आचार्यको छोरा वर्ष ४ विप्लव आचार्य (मध्यम)

५) तनहुँ बन्दीपुर गाउँपालिका–१ बस्ने बर्ष ५३ को बद्रिकुमार श्रेष्ठ (मध्यम)

६) बद्रिकुमार श्रेष्ठको श्रीमती वर्ष ५३ का सृजना श्रेष्ठ (गम्भीर)

७) भानु–४ बस्ने वर्ष ४१ का सृजना रानाभाट (मध्यम)

८) सोही ठाउँ वर्ष २५ का अमृता रानाभाट (मध्यम)

९) तनहुँ ब्यास नगरपालिका–१२ बस्ने वर्ष ६० को झलकबहादुर थापा (मध्यम)

१०) म्याग्दी गाउँपालिका–१ बस्ने वर्ष ३३ का मनमाया आले (मध्यम)

११) मनमाया आलेका छोरा वर्ष ७ को रिषभ आले (मध्यम)

१२) तनहुँ व्यास–१ बस्ने वर्ष २९ का अमृता थापा (मध्यम)

१३) लमजुङ सुन्दर बजार–१० बस्ने वर्ष ३२ को पदम भुजेल (मध्यम)

१४) तनहुँ ब्यास–१ बस्ने वर्ष ४३ का कमला माया थापा (मध्यम)

१५) तनहुँ व्यास–६ बस्ने वर्ष २७ को निरज गिरी (मध्यम)

१६) निरज गिरीको छोरा वर्ष ५ को सुलभ गिरी (सामान्य)

शेयर गरौ

ताजा अपडेट