युथ क्लब नारायणगढका पूर्व अध्यक्ष श्रेष्ठ वातावरण सफाइ अभियानमा

चितवन । युथ क्लब नारायणगढका पूर्व अध्यक्ष तथा सामाजिक व्यक्ति राजकुमार श्रेष्ठले दुइ वर्षदेखि सार्वजनिक क्षेत्रको सरसफाइ अभियानलाई निरन्तरता दिनु भएको छ ।
आफ्नो देश आफै बनाउ भन्ने अभियानले सरसफाइ कार्यमा लागेको उहाले बताउनुभयो । पर्व विशेषका मठ मन्दिर तथा सार्वजनिक क्षेत्रमा आफ्नै परिश्रम र लगानीमा उहाले काम गदै आउनु भएको हो । गत वर्ष दशैमा देवीका शक्ति पिठहरुको मन्दिरमा सरसफाइ गर्दै आउनु भएका श्रेष्ठले नारायणहिटी दरवार क्षेत्र वरिपारीको सडक सौन्दर्यमा काम गर्नु भएको थियो ।
उहाले सडकमा फोहोर गर्न हुदैन, तोकिएको स्थानमा फोहोर फाल्नु पर्छ, आफूले गर्ने फोहोर आफैले व्यवस्थापन गर्नु पर्दछ भन्दै वातावारण जोगाउन रुख रोप्ने तथा अनावश्यक बोट विरुवा व्यवस्थापन गर्ने कार्य गर्दै आउनु भएको छ । वातावरण जोगाए मानव समुदायको भविश्य रहन्छ भन्दै अभियानलाई निरन्तरता दिएको उहाले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट