शालिग्राम नेपाल
चितवन २८ असार । चितवनबाट राजधानी जोड्नकोलागि भण्डारा मलेखु सडक निर्माण सुरु भएको १४ वर्ष पूरा हुदा सेमेत सम्पन्न हुन सकेको छैन ।
पूर्व पश्चिम राजमार्गको भण्डाराबाट भित्री पहाडी क्षेत्र हुदै पृथ्वी राजमार्ग अन्र्तगत धादिङको मलेखुसम्म जोड्ने मार्गलाई वैकल्पिक बाटोको रुपमा हेरिएको थियो । २०६८ सालमा यो सडकको लागि बजेट निकासा भएको थियो । ट्रयाक खोलेर सुरु गरिएको या सडक राष्ट्रिय आयोजनामा परेपनि पूरा भने भएको छैन ।
चितवन र धादिङका चेपाङ समुदायको बाक्लो वस्ती रहेको स्थानहुदै जाने मार्गलाई चेपाङ मार्ग समेत नामाङकरण गरिएको छ । चितवनको निर्वाचन क्षेत्र नंं १ बाट पृथ्वी राजमार्ग जोडिने यो सडक निर्माणका लागि तत्कालिन अर्थ मन्त्री सुरेन्द्र पाण्डेले सुरुमा बजेट निकासा गर्नु भएको थियो ।
त्यसपछि पाण्डे यसै निर्वाचन क्षेत्रबाट दुइ पटक निर्वाचित सांसद हुदा हरेक वर्ष १० करोड माथिको बजेट यसको निर्माणका लागि पर्ने गरेको थियो । तर अहिले बजेटको अभावमा मर्मतको काम पनि हुन सकेको छैन । बजेट नआएपछि काम गर्न नसकिएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी चन्देश्वर साहले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा दुइ करोड ५० लाख रुपियाँ बजेट परेको थियो । त्यही बजेटले ७ किलोमिटर बाटो फराकिलो र ग्रावेल गरिएको छ अन्य काम हुन सकेको छैन ।
त्यही दुइ करोड ५० लाख बजेटपनि निकासा नहुदा निर्माण कम्पनीलाई दिन सकिएको छैन । भुक्तानीको लागि कार्यालयमा कम्पनीका व्यक्तिले दवाव दिनु हुन्छ, सरकारले पैसा नपठाएको कारण हामीले भुक्तानी दिन सकेका छैनौ उहाले भन्नुभयो ।
६१ किलोमिटर बाटोमा मुस्किलले ११ किलोमिटर कालोपत्रे भएको छ । बाटो मर्मत, निर्माणको बाँकी काम गर्न बजेटको अभावले केही गर्न नसकिएको उहाले जानकारी दिनुभयो । बजेट नभएपछि काम गर्नको लागि सकिएको छैन साहले भन्नुभयो मर्मतको लागि पनि बजेटको अभाव छ थप निर्माणको काम धेरै टाढाको कुरा भयो ।
संविधान सभा सदस्य तथा स्थानीय गोविन्दराम चेपाङले भन्नुभयो यो सडक निर्माण पूरा भएमा यस क्षेत्रका वासिन्दाको मात्र होइन सबैको आर्थिक क्षेत्र चलायमान हुनेछ । ठाउँँठाउँमा पर्ने खोला र खोल्सोमा पुल निर्माण नहुदा सवारी साधन जोखिममा पर्ने गरेको छ । मलेखुसम्म बाटो छिचोलेपनि राम्रोसंग यातायात सञ्चालन गर्न भने कठिन भएको छ । वर्षातमा सवारी साधन चलाउन धेरै समस्या हुन्छ उहाले भन्नुभयो । लोथरखोला र अन्य केही खोलामा पुल निर्माण भएको छ । तर साना अन्य खोलामा पुल नबन्दा वर्षातमा जोखिम मोलेर साधन चलाउनु परेको उहाले बताउनुभयो ।
भण्डारा मलेखु सडकको थाकलटार जनिकै गोङरचोक खोलामा यात्रु बाहक बस गाडिएर जोजरले चलाउनु परेको थियो । सडक पूरा नहुदा र पुल नबन्दा जोखिम मोलेर यात्रा गर्न वाध्य भएको उहाले बताउनुभयो । तत्कालिन संसद तथा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जनप्रतिनिधिले पहल कदमी लिन नसक्दा सडक पूरा नभएको बताउनुभयो । आफ्नो कार्यकालमा बजेट धेरै पारेर निर्माण कार्य जारी रहेकोमा अहिले सुस्त भएको बताउनुभयो ।
निर्वाचन क्षेत्र नंं १ का सांसद हरि ढकालले बनिसेको सडकमा भन्दा लोथर खोलाबाट मलेखुसम्म अर्को नयाँ ट्रयाक खोल्न बजेट निकासा भएकाले समसइा भएको बताउनुभयो । थोरै बजेट भण्डारा मलेखु चेपाङ मार्गमा परेको छ तर त्यसले काम ठुलो गर्न सकिदैन । ठुलो बजेट नयाँ बाटो खन्नको लागि खर्च गरिएको छ जुन आवश्यक छैन उहाले भन्नुभयो ।
चेपाङ मार्ग यस क्षेत्रको माभ नभइ तराइसंग राजधानी जोड्ने बैकल्पिक मार्ग भएको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताउनुभयो । यस मार्ग निर्माणको लागि पालिकाको तर्फबाट पहल कदमी भएपनि राष्ट्रिय योजनामा पर्ने भएकाले आफूले बजेट राख्न नसकएिको बताउनुभयो । यो सडक निर्माणले यस क्षेत्रमा आर्थिक क्रान्ती आउने लामाले बताउनुभयो ।