चितवन, २८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरो आउदा दुई वटा बस बगाएर त्रिशुलीमा झारेको छ ।
आज विहान साढे ३ बजेको समयमा सो सडक खण्डको सिमलताल नजिकै माथिबाट आएको ठुलो पहिरोले दुइ वटा बस बगाएर त्रिशुली नदीमा झारेको आशंका प्रहरीले खोजी कार्य गरेको छ । विरगञ्जबाट काठमाण्डौ जादै गरेको र काठमाण्डौबाट गौर जादै गरेको वस वगाएको शंकामा खोजी कार्य जारी राखेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
विरगन्जबाट काठमाडौं जादै गरेको एन्जल डिलक्स लेखेको यात्रुवाहक बसलाई बगाएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो । वसमा २४ जना यात्रु थिए । काठमाण्डौं बाट गौर जादै गरेको गणपति वस रहेका छन् । वसमा ४१ जना यात्रु थिए । वसको नम्वर खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
पहिरो आएपछि मुग्लिन नारायणगढ सडकखण्ड रातिदेखि वन्द भएको छ । सडक खुलाउने प्रयास भइराखेको प्रहरीले जानकारी दिएको छ । वगाएको वसको अवस्था बारे खोजतलास भइराखेको प्रहरीले जानकारी दिएको छ ।