माडीमा पाँचदिने व्यवसाय व्यवस्थापन तथा लेखा तालिम शुरु

 

चितवन, २१ फागुन ।

चितवन उद्योग संघ माडी इकाई कमिटी र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजनामा आजदेखि २५ गतेसम्म पाँचदिने व्यवसाय व्यवस्थापन तथा लेखा तालिम शुरु भएको छ ।

तालिमको वसन्तपुर माडीस्थित कृष्ण कटेज एण्ड गेष्ट हाउसको सभाहलमा एक कार्यक्रमको बीच उद्घाटन गरिएको छ । चितवन उद्योग संघ माडी इकाई समितिका संयोजक भोजराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी प्रमुख अतिथि रहनुभएको थियो ।

पाँच दिनसम्म चल्ने उक्त तालिमलाई औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यालय प्रमुख रामचन्द्र सुवेदी र प्रतिष्ठानका प्रशासकीय अधिकृत कल्पना आचार्यले प्रशिक्षण दिनुहुनेछ ।

तालिम उद्घाटन समारोहमा गैह आवासीय संघका केन्द्रीय सह–कोषाध्यक्ष सोम सापकोटा, चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द पौडेल, आईटी अफिसर राजु भट्टलगायतको उपस्थिति रहेको थियो । तालिममा माडी क्षेत्रमा रही उद्योग सञ्चालन गरिरहेका २० जना उद्योगीहरुको सहभागिता रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट