एकीकृत समाजवादीले भन्यो–प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौं

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् । आज (बिहीबार) महाधिवेशनस्थल कमलादीमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरु पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए । उनले प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको बताए ।

पार्टीको नेतृत्व सर्वसहमतीमा टुंग्याउने प्रयास भइरहेको पनि उनले जानकारी दिएका छन् । भसालले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकतावद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरुको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरु त्यसै अनुरुप अगाडि बढेको बताए । उनले आफूहरुले भरसक निर्वाचनमा जान नचाहेको बताएका छन् ।

ताजा अपडेट