भरतपुर जनसेवा सहकारीको वार्षिक उत्सवमा ७३ जनाले गरे रक्तदान

चितवन । भरतपुर जनसेवा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २८ औ वार्षिक उत्सबको अवसरमा भएको रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका छन् ।
वार्षिक उत्सवको अवसरमा सहकारीले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । ती कार्यक्रम मध्य आइतबार भरतपुरमा सहकारीले खुला रक्तदान कार्यक्रम आयोजना गरेको महिला तथा बालबालिका उप समितिका संयोजक शोभा पण्डितको संयोजकमा कार्यक्रम भएको थियो । भरतपुर महानगरपालिका वडा नंं १२ का अध्यक्ष लेखराज पन्त हरिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
सस्थाका सचिव वेदप्रसाद बजगाइले सञ्चालन गर्नु भएको कार्यक्रममा सस्थाका उपाध्यक्ष शेषमणि नेपालले स्वागत मन्तव्य राख्नु भएको थियो ।

यस अगाडि वार्षिक उत्सवको अबसरमा भरतपुर ९ मा रहेको चितवन मानव सेवा आश्रममा खाना खुुवाइएको थियो भने असार १५ गते धनगढामा दही च्युरा, वसन्त टोल विकास सस्थामा फर्निचर वितरण कार्यक्रम गरिएको थियो । रक्तदान पश्चात दहि च्युरा खुवाउने कार्यक्रम गरिएको थियो । आइतबार भएको रक्तदान कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष कुलबहादुर खत्रीले गर्नु भएको थियो । कार्यक्रमको सह आयोजक चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी संघ रहेको थियो । भने संघका अध्यक्ष गोविन्द पाण्डेले मन्तव्य राख्नु भएको थियो । सहकारीले गत वर्षपनि रक्तदान कार्यक्रम आयोजना गरेको थियो । स्वास्थ्य क्षेत्रमा अन्य कार्य पनि गर्दै आइराखेको छ ।

 

 

ताजा अपडेट