गैंडाकोट १६ असार । सामाजिक कार्यमा सक्रिय आविश्कारक महावीर पुन आफ्नो किताब बिक्री गर्न गैंडाकोटको कालिका नमूना माध्यमिक विद्यालयमा आइपुग्नु भएको छ ।
कृषि औजार उद्योग सञ्चालनका लागि आत्मकथा किताब बिक्री गर्न आइतबार कालिका नमूना विद्यालय आइपुग्नु भएको हो । आइतबार आयोजित कार्यक्रममा कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले स्वागत गर्दै सामाजिक अभियानमा साथ दिने बताउनुभयो ।
पुनले विक्री गर्न ल्याउनु भएको किताब खरिद गरेर प्रधानाध्यापकले स्वागत गर्नु भएको थियो । उहाले सामाजिक क्षेत्रमा लाग्नु भएका पुनको जीवनबाट बालबालिकाले धेरै विषय सिक्न सक्ने बताउनुभयो । उहाँको पुस्तक अध्ययन गरेर ज्ञान प्राप्त गर्न सुझाब दिनुभयो ।
कार्यक्रममा महावीर पुनले किताब बिक्री भएको पैसाले वीरगञ्जमा भएको कृषि औजार उद्योग सञ्चालनका लागि खर्च गरिने जानकारी दिनुभयो । पश्चिम नेपालबाट किताब बिक्री गर्न थाल्नु भएको पुन १५१ औ दिन गैंडाकोट आइपुग्नु भएको थियो । उहाले अहिलेसम्म एक लाख किताब बिक्री भइसेको जानकारी दिनुभयो । कम्तीमा ३ लाख किताब बेचेर आएको पैसाले उद्योग सञ्चालन गर्ने जानकारी दिनुभयो ।
किताबमा आवश्किार केन्द्र, उहाँका संघर्षका विषय समावेश गरिएको छ । आइतबार भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक राजु पुरीले आविश्कारक पुनको जीवनका विषयमा जानकारी गराउनु भएको थियो ।