सरकारले नेपालकै नमुना पार्क रत्ननगरमा निर्माण गर्ने, सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई

चितवन २० फागुन ।

चितवनको रत्ननगर नगरपालिका अन्र्तगत झुवानीमा नेपालकै आकर्षक नमुना पार्क सरकारले निर्माण गर्ने भएको छ ।
सुविधा सम्पन्न आकर्षक पार्कको अभाव भएको चितवनमा नेपाल सरकारले ५५ लाखको लागतमा पार्क निर्माण गर्न लागेको हो । तीन वर्ष भित्र पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको योजनाको काम २०७६ साल जेठ १६ गतेबाट शुरु हुने भएको छ ।
नेपाल सरकार अन्तर्गतको जन सम्पदा तथा वातावरण संरक्षण कोषले पर्यटकीय पार्क निर्माण गरेर स्थानीय सरकार रत्ननगर नगरपालिकालाई हस्तान्तरण गर्ने कोषका अध्यक्ष पुष्पराज पाण्डेले बताउनु भयो । पर्यटन विकासको लागि हरेक जिल्लामा पार्क निर्माण गर्ने सरकारी योजना अनुसार पर्यटकीय नगरी सौराहा नजिक रहेको झुवानीमा पार्क निर्माण गर्न लागिएको हो ।
सोमवार रत्ननगर नगरपालिकाका मेयर नारायण वन, वडाध्यक्ष कृष्ण महतो, कोषका अध्यक्ष पुष्पराज पाण्डे, साविक बछौली गाविसका पूर्व अध्यक्ष फुलचन कुमार चौधरी, समन्वय कर्ता श्याम थपलिया, युवा समाजसेवी सन्ते चौधरी लगाएको टोलीले पार्क निर्माण स्थलको अबलोकन गर्नु भएको थियो । पार्क भित्र सुमिङपुल, पानीको फोहोरा, पिकनिक स्पट, गैंडा, हात्ती र बुद्धको मुर्ती, थारु समुदायको परम्परागत घर निर्माण गरिने कोषका बरिष्ठ सल्लाहाकार वालकृष्ण थापाले बताउनु भयो ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले आफ्नो नगरमा पार्क निर्माणमा सरकारले प्राथमिकता दिएको भन्दै उत्साहित हुनु भयो । पार्कलाई स्थानीय समुदायको आयआर्जनसंग जोडेर सञ्चालन गरिने तयारी रहेको जानकारी दिनु भयो । पार्क निर्माणसंगै सौराहा आएका पर्यटकहरुले यहाँ अवलोकन गरेर चितनवको वसाइ लम्विने बताउनु भयो । आउदो चार वर्ष भित्र रत्ननगर नगरपालिकालाई रमणीय आकर्षक बनाउनको लागि आफ्नो मेहनत जारी रहेको उहाले बताउनु भयो । चितवन आएका पर्यटक धेरै दिन वस्न नसकेको भन्दै यहाँका पर्यटन व्यवसायीले नयाँ पर्यटकीय स्थलको निर्माणको खोजीमा रहेका छन् ।

शेयर गरौ

ताजा अपडेट