काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । शुक्रबार बिहान विमानस्थलको धावन मार्गमा खाल्डो देखिएपछि सबै विमानहरू करिब आधा घण्टा होल्ड भएका थिए ।
प्राविधिकहरूले उक्त खाल्डोको निरीक्षण गरेपछि विमानस्थल सञ्चालनमा आएको हो । रन वे –०२ को जमिन चर्किएपछि (क्रयाक) आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए । थाइ र मलेसियन एयरलाइन्सका जहाजहरू सिमराको आकाशमै होल्ड भएका थिए ।