मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुन्छ : नेपाल

जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।

मंगलबार जनकपुरधाममा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले संघीय सरकारको स्वरुपमा भएको परिवर्तनअनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने दाबी गरेका हुन् । मुलुक संघीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनु परेको नेता नेपालको भनाइ छ ।

‘प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत प्राप्त गरिसक्नु भएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ’, अध्यक्ष नेपालले भने । फरक प्रसंगमा उनले मुलुकको समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको दाबी गरे । रासस

शेयर गरौ

ताजा अपडेट