गृहमन्त्री बन्न नमिल्ने व्यक्ति कुन नैतिकताले प्रधानमन्त्री बन्न मिल्छ : लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको लागि अफर गरेको आशय व्यक्त गरेका छन् । सहकारीका विषयमा आफूप्रति उठेका विषयमा आइतबार प्रतिनिधिसभामा जवाफ दिँदै उनले गृहमन्त्री बन्न नमिल्ने व्यक्ति कुन नैतिकताले प्रधानमन्त्री बन्न मिल्छ भन्दै प्रश्न गरेका छन् ।

‘म गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न कुन नैतिक रूपले मिल्ने रहेछ ? म यो सदनमा सोध्न चाहन्छु । अफर गर्नेहरूले कान रातो पार्न पर्दैन। म राजनीतिमा गोपनीयतालाई ख्याल राख्ने मान्छे हुँ,’ उनले भने । कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको अफर गरेको भन्दै लामिछानेले भने, ‘हिजो मलाई डेढ वर्ष प्रधानमन्त्री स्वीकार गर्ने अफरको डेट एक्सपाएर भयो कि अझै बाँकी छ ?’

शेयर गरौ

ताजा अपडेट