संसदीय छानबिन समिति बटमलाइन

काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा विपक्षी दलहरू एकमत भएका छन् । सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको विषयलाई लिएर शुक्रबार छलफलमा जुटेका कांग्रेस, जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादीले तत्काल छानबिन समिति बनाउनुपर्ने अडान लिएका हुन् ।

यसअघि प्रमुख प्रतिपक्ष कांग्रेसले मात्र गृहमन्त्री लामिछानेको संलग्नता र कारबाही सम्बन्धमा संसदीय छानबिन समितिको माग गर्दै आएकामा जसपा, राप्रपा र लोसपा पनि एक ठाउँमा उभिएपछि संसदीय छानबिन समिति बनाउन सत्तापक्षलाई दबाब परेको छ ।

विपक्षी दलहरूबीच शुक्रबार नयाँ बानेश्वरमा भएको बैठकमा सहकारीको रकम हिनामिनामा संसदीय छानबिन समिति बनाउनुपर्नेमा सबैको अडान रहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । ‘हजारौं सर्वसाधारणको सहकारीको रकम हिनामिनामा संसदीय छानबिन समिति गठनमा विपक्षी दलले बटमलाइन बनाउने सहमति गरेका छौं’ उनले भने, ‘अब विपक्षी दलहरू संसदीय छानबिन समिति गठन नभएसम्म एक ठाउँमा उभिनेछौं ।’

राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणाले सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न भएको उल्लेख गर्दै त्यसको छानबिनका लागि संसदीय छानबिन समिति बनाउनुपर्नेमा विपक्षी दलहरू एकै ठाउँमा रहेको बताए । ‘विभिन्न सहकारीमा भएको ठगीमा गृहमन्त्री लामिछानेसहित अरू संलग्नहरूको छानबिन गर्न संसदीय समिति गठन गर्नैपर्छ भन्नेमा हामीहरू एकमत भएका छौं’ उनले भने । कान्तिपुर बाट

शेयर गरौ

ताजा अपडेट