बारा,। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई मतलब छैन्, मुलुक आफ्नो कब्जामा पार्न नेपाली काँग्रेसले विभिन्न प्रपञ्च रच्दै आएको बताउनुभएको छ।
बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो। ‘‘काँग्रेसले खोजेको गृहमन्त्री रवि लामिछानेविरुद्ध जान आयोग भन्ने कुरा मात्र हो, उसलाई आयोग चाहिएको होइन्, सरकार चाहिएको हो। सत्ताका लागि काँग्रेसले अनेक प्रपञ्च रच्दैछ’’, उहाँले भन्नुभयो, ‘‘सरकारकै लागि काँग्रेसले अनेक तामासा गर्न लागेको छ।’’
सांसदबाट देशका समस्या समाधान गर्न खोज्दा काँग्रेसले अवरोध गरेको उहाँको भनाइ छ। अध्यक्ष ओलीले भन्नुभयो, ‘‘काँग्रेसलाई देशसँग मलतब छैन्, जनतासँग सरोकार छैन्, आप्mनो सम्पूर्ण स्वार्थ पुरा गर्ने खेलमा लागेको छ। एमाले देश बनाउने पार्टी हो, हाम्रो अर्को कुनै उद्देश्य छैन्, जनताका समस्या समाधान गर्ने हो, गरिबी हटाएर मुलुक समृद्धितर्फ लैजाने हाम्रो लक्ष्य हो र त्यसलाई सच्याउन सरकार लागि परेको छ।’’