मदन – जीवराजको स्मृति दिवस मनाइदै

चितवन । नेकपा एमाले चितवनले पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३१औँ स्मृति दिवस मनाएको छ ।
पोखराबाट चितवन आउने क्रममा जीप दुर्घटना भएको स्थान दाशढुङ्गामा सभा गरेर दिवस मनाएको हो । केन्द्रदेखि जिल्लातहका नेताहरु कार्यक्रममा सहभागी भएका थिए ।
देशका विभिन्न जिल्लामा जनतालाई जागृत हुन उनीहरूले गरेको योगदानको स्मरण गर्दै आज मनाइँदै छ । एमाले र नेकपा (एकीकृत समाजवादी)ले विविध कार्यक्रम आयोजना गर्दै छन् ।

वि.संं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो ।

जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।

शेयर गरौ

ताजा अपडेट