८४ पछि नेपालको राजनीतिले नयाँ मोड लिन्छ, त्यो अग्रगामी हुनेछ : ओली

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा नेपालको राजनीति ‘टर्निङ प्वाइन्ट’ हुने बताएका छन् ।

बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवसका अवसरमा एमालेले बल्खुमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले २०८४ पछि नेपालको राजनीतिले लिने नयाँ मोड अग्रगामी हुने समेत बताएका हुन् । ‘नेपालको राजनीतिले नयाँ मोड लिनु पर्दछ । त्यसकारण हामीले मिसन ०८४ भनेका छौ’, ओलीले भने, ‘त्यो मोड प्रतिगामी होइन, अग्रगामी हुनेछ ।’

शेयर गरौ

ताजा अपडेट