चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश विकासका पक्षमा आफ्नो पार्टी बाधक नभएको बताउनु भएको छ ।
पार्टीको १० औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई वुधबार सम्बोधन उहाले समृद्ध नेपाल निर्माणका लागि सवै पक्षसंग मिलेर जान तयार भएको बताउनुभयो । वमपन्थी एकताका लागि समाजावादी पार्टी वाधक रहदैन उहाले भन्नुभयो ‘एकताका लागि विगतमा भएका गल्तीबाट सुध्रिए आउन जरुरी छ । ’
एकताका लागि एकीकृत समाजवादी पार्टीले कुनै आग्रह पूर्वग्रह पालेर नवसेको नेता नेपालले बताउनुभयो । ‘विगतमा वामपन्थी एक हुँदा पार्टी विधान र देशको संविधानलाई कुल्चिने काम भयो, ठग्ने, लुट्ने, चुस्ने, भ्रष्टाचार गर्ने प्रवृत्ति हाबी भएको थियो अध्यक्ष नेपालले भन्नुभयो । त्यो अवस्थामा हामीले विद्रोह नगरेको भए संविधान मिच्ने प्रवृत्ति हाबी हुन्थ्यो, आफूलाई मन नपरेका मान्छे सबैलाई पाखा लगाइदिने । मन परेकालाई गल्तीनै गरेका भए काखी च्याप्ने प्रवृति भयो । उहाले भन्नुभयो अब सुध्रिएर आए कुनै आपत्ति छैन, सुध्रियोस् भन्ने हाम्रो चाहना छ । हामी आग्रह पालेर बसेको छैनौं ।
बामपन्थीका पुराना साथीहरुले आफुहरुले गरेका गल्ति स्विकार गरि आत्मालोेचना गर्नुप¥र्यो हामी सदैव साथ दिनेछौ अध्यक्ष नेपालले भन्नुभयो । अझैपनि संविधान, गणतन्त्रलाई मास्न खोज्ने शक्ति क्रियाशील रहेको भन्दै नेता नेपालले त्यस्ता तत्वलाई कमजोर बनाउन सवै एक हुनु पर्ने बताउनुभयो ।
एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पहिलाको जस्तै एकता गरेपनि व्यवहारा उस्तै हुने भएपछि एकताको कुनै अर्थ नरहेने बताउनुभयो । कम्युनिष्ट पार्टी मिल्दा संसदमा झण्डै दुई तिहाइ सांसद भए पनि पनि कुनै गतिलो काम गर्न भएन । पार्टीमा व्यक्ति हाबी भएर भ्रष्टाचार र बेथिति बढेपछि विद्रोह स्वरूप नेकपा एकीकृत समाजवादी पार्टीको जन्म भएको हो उहाले भन्नुभयो अव पार्टीले जनताको पक्षमा काम गरेर ठुलो शक्ति हुने बताउनु भयो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठ, उप–महासचिव गंगालाल तुलाधर, प्रवक्ता जगन्नाथ खतिवडा, सचिव हरि पराजुली, स्याथी कमिटी सदस्य साध्य बहादुर भण्डारी लगायतले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । दुईदिनसम्म चल्ने अधिवेशनले नयाँ समिति चयन गर्नेछ ।