काठमाडौँ, । प्रि मनसुनमा वर्षा नहुँदा आगलागी र डढेलोको प्रकोप बढेको छ । सुख्खायाम सुरु भएसँगै फागुनदेखि सुरु भएको आगलागीसहितको डढेलो ६७ जिल्लामा फैलिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक महिना ९चैत्र १५–वैशाख १५० सम्म एक हजार २९३ स्थानमा डढेलोसहितको आगलागीका घटना भएका छन् । उक्त घटनामा २२ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार पछिल्लो एक महिना ९चैत्र १५–वैशाख १५० सम्म एक हजार २९३ स्थानमा डढेलोसहितको आगलागीका घटना भएका छन् ।
एक महिनाको अवधिमा ४९ करोड बराबरको क्षति भएको प्राधिकरणको तथ्याङ्क छ । मृत्यु हुनेमा आगलागीबाट १४ जना र डढेलोबाट आठ जनाको मृत्यु भएको छ । वैशाख सुरु भएयता मात्र डढेलोसहितको आगलागीबाट ११ जनाको मृत्यु भएको छ ।
जसमध्ये आगलागीका कारण नौ जनाको मृत्यु भएको छ भने वन डढेलोका कारण दुई जनाको मृत्यु भएको छ । सो अवधिमा २६ करोड बराबरको क्षति भएको छ । आइतबार मात्र काठमाडौँको शंखमूल दोभानपुलस्थित देवी अटोमोवाइल्स प्रालिमा विद्युत सर्ट भएर आगलागी हुँदा दशवटा पसलमा क्षति भयो ।
विद्युत सर्ट भएका कारण सँगै रहेका टहरामा सञ्चालित बाबा ठाकुर मोटरसाइकल वर्कसप, जय बजरङगवली पान पसल, माछा पसल, एक खाजा पसल, किराना तथा तरकारी पसल, मासु पसल, फास्टफुड रेष्टुरेन्ट र दुई वटा घरका भित्तामा क्षति भएको प्रहरीको भनाइ छ । गुल्मीको रेसुङ्गा जङ्गलमा हिजोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । धेरै जङ्गलमा अहिले पनि आगलागी भइरहेको छ ।
राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका अनुसार डढेलोसहितको आगलागीका कारण वैशाख यता ४४ जना घाइते भएका छन् । प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले दिएको जानकारीअनुसार दुई हप्तामा ७४४ घटना भएका छन् । जसमध्ये वन डढेलोका घटना २८८ वटा भएका छन् । ४५६ स्थानमा डढेलो लागेको प्रवक्ता भट्टराईको भनाइ छ ।
उहाँका अनुसार मानवीय लापरबाहीका कारण डढेलोसहित आगलागीका घटना भएका छन् । प्रवक्ता डा। भट्टराईले भन्नुभयो, “देशभर भएका डढेलोसहितको आगलागीमा सबैभन्दा बढी ९० प्रतिशत घटनाहरू मानवीय लापरबाहीका कारण भएका छन् ।” डढेलोसहितको आगलागीले वैशाख महिनामा मात्र २६ करोड बराबरको क्षति पुर्याएको आङ्कलन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
५०२ पूर्वाधारमा डढेलोसहितको आगलागीले क्षति पुर्याएको छ । आगलागी र डढेलोमा परी ४५१ पशुचौपाया मरेको भट्टराईले जानकारी दिनुभयो ।