कांग्रेस नेता शेर्पा र अर्का आरोपी चौधरीलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता तथा पूर्व सभासद् आङ्टावा शेर्पा र अर्का आरोपी गोविन्दकुमार चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

दुबै जना यसअघि उच्च अदालत पाटनको आदेशले थुनामा रहेका थिए । अदालतले शेर्पासँग ३० लाख र चौधरीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको छ । उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि प्रतिवादीहरूले पुनरावेदन गरे पनि सर्वोच्चले टोपबहादुर रायमाझीसहितका ७ जनालाई भने थुनामै राख्ने आदेश गरेको छ ।

ताजा अपडेट