एपेक्स एकेडेमीका उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा शैक्षिक प्रदर्शनी

चितवन २० माघ । भरतपुरको एपेक्सी एकेडेमी सेकण्डरी स्कूलले शैक्षिक तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।
खेलकुद सप्ताहको अन्तिम दिनमा यस विद्यालयमा अध्ययन गरेर कक्षा १२ मा उत्कृष्ट अंक ल्याएका विद्यार्थी र विभिन्न विभिन्न इभेन्टमा उत्कृष्ट खेल प्रदर्शन गरेको विद्यार्थीलाई शनिबार एक कार्यक्रमका बिच सम्मान गरेको हो । साथै विद्यालयमा विज्ञान संकाय तर्फका विद्यार्थीले प्रविधिको व्यवहारिक उपयोगका प्रदर्शनी र होटल व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीले फुड फेष्टिवल प्रदर्शनी गरेका थिए ।
विद्यालयमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाका शिक्षा महाशाखाका विद्यालय निरिक्षक ऋषिराम शर्माले शैक्षिक संगै खेलकुदमा समेत राम्रो गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने एपेक्सका प्राचार्य दिनेश चन्द्र पुरी र सम्पूर्ण सदस्यहरु बधाई तथा धन्यवाद दिनुभयो । उहाले प्रतिष्पर्धी समयमा विद्यार्थीले अध्ययन संगै अतिरिक्त क्रियाकलापमा समेत ध्यन दिनु पर्ने बताउनुभयो । उहाले भरतपुर महानगर भित्रका विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुदै जानुमा यहाँ अध्यापन गर्ने प्राध्यापकको मेहनत भएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका तर्फबाट प्राध्यापक रामेश्वर आचार्य, अभिभावक जुना श्रेष्ठ, सम्मानित विद्यार्थी ओसिन खानले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम भिष्मराज पौडेलले सञ्चालन गर्नु भएको थियो भने विज्ञान संकायका संयोजक तुलसीराम न्यौपानले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो । कार्यक्रम विद्यालयका अध्यक्ष रामचन्द्र पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


कार्यक्रम भिष्मराज पौडेलले सञ्चालन गर्नु भएको थियो । कार्यक्रम विद्यालयका अध्यक्ष रामचन्द्र पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट