मारेर बोरामा फालेका दुई शबको पहिचान खुल्यो

चितवन,२३ पुस। मारेर बोरा भित्र फालेको शबको पहिचान खुलेको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नं.१२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको चितवन प्रहरीले जानकारी दिएको छ ।
हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक रहेका छन । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन प्रहरीले जानकारी दिएको छ ।

मृतक नागरिक भारत मोतिहारी घर भएका र चितवनको भरतपुरमा व्यापार गर्दै बसेका थिए । दुबैजनालाइ हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्ट मुनि फालिएको अवस्थामा शव भेटिएको थियो । शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो ।

अनुसन्धानको क्रममा शवको ३ हप्ता अघि नै पहिचान खुलेको र हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्यामा संलग्न भएको पाइएको चितवन प्रहरीले जनाएको छ । उनी भारतकै प्रहरी नियन्त्रणमा रहेकाले नेपाल ल्याउन नमिलेको प्रहरीको भनाइ छ । हत्यामा संलग्न व्यक्तिसँग बयान लिन नेपाल प्रहरीको एक टोली भारतको बिहार नै पुगेको थियो ।
घटनाको बिस्तृत बारे पछि जानकारी गराउने जिल्ला प्रहरीले बताएको छ ।

ताजा अपडेट