महानगर स्तरीय फुटसल प्रतियोगिताको उपाधी एपेक्स एकेमेडीलाई

चितवन १७ पुस । प्रथम मावि महानगर स्तरीय नक आउट फुटसल प्रतियोगिता खेलमा क्षेत्रपुरको एपेक्स एकेडेमी प्रथम भएको छ ।
अखिल क्रान्तिकारी भरतपुर महानगर कमिटीको आयोजनामा भएको फुटसल प्रतियोगिता २०८० को अन्तिम चरणमा भएको खेलमा अङकुरम माविलाई ५–२ को अन्तरले पराजित गर्दै एपेक्स एकेडेमी प्रथम भएको हो । प्रतियोगितामा सवै भन्दा धेरै गोल गर्ने जीवन राना र उत्कृष्ट गोल रक्षक समिर विकलाई सम्मान गरिएको थियो ।
विद्यालयका प्राचार्य दिनेशचन्द्र पुरीको सभापतित्वमा भएको प्रतियोगिताको सम्मान कार्यक्रममा उत्कृष्ट कार्य गर्नेहरुलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा नेपाली विषयका शिक्षक भिष्मराज पौडेलले विद्यार्थीलाई हौसला र मायाको चिनो प्रदान गर्नु भएको थियो । फुटसल प्रतियोगितामा महानगरका १६ विद्यालयका टिम सहभागी भएका थिए ।

ताजा अपडेट