एमालेले बिहीबारदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्दै

काठमाडौं , १३ मंशिर ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलि (बिहीबार) देखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्दैछ । अभियानका लागि नेताहरु काठमाडौंबाट बैतडीको झुलाघाटतर्फ गइरहेका छन् ।

१,८७९ किलोमिटर लामो लोकमार्गको यात्राको भोलि बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । एमालेका कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार अध्यक्ष ओलीले झुलाघाटमा झण्डोत्तलन गरेपछि अभियानको सुरु हुनेछ ।
पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ । दोस्रो दिनको सभा सिलगढी, तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ । अभियान पाँचथरको चिवाभज्याङमा समापन हुनेछ । एमाले पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते यात्रा सकिएको घोषणा गर्ने तयारी गरेको छ ।

शेयर गरौ

ताजा अपडेट