चितवन २५ कार्तिक । भरतपुरको गुरुकुल कलेजले उत्कृष्ट अङ्क ल्याएका पाँच जना विधार्थीलाइ सम्मान गरेको छ।
चिकित्सक,इन्जिनियरिङ तथा अन्य क्षेत्रमा उत्कृष्ट अङ्क ल्याएरलाई सम्मान गरेको हो ।
चिकित्सा शिक्षा आयोगबाट सञ्चालन भएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा नेपालबाटै द्वितीय स्थान हासिल गर्न सफल छात्र सुविन अधिकारी रहेका छ्न । त्यस्तै गरि त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानबाट सञ्चालित वि.ई. प्रवेश परीक्षामा २३औं स्थानमा पूर्ण छात्रवृत्तिमा हासिल गर्न सफल विद्यार्थी रसिम सुनार, रिभा अग्रवाल, समिर शर्मा पौडेल, एलिन तिमिल्सिना सहित सुविनलाई कलेजले शुक्रवार सम्मान गरेको हो ।
विद्यायलयबाट सम्मानीत भएका सुविनले गुरुकुल जिल्लाकै उत्कृष्ट कलेज भएकोले अध्ययनकोलागि यहि कलेज रोजेको जानकारी बताउनु भयो । विद्यार्थीले डाक्टर, इन्जिनियर क्षेत्रमा उत्कृष्ट अंक ल्याउँदै सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनको लागि अभिभावक तथा गरुकुलका शिक्षक विनोद खण्ड तिमिलसिनाले शुभकामना दिनु भएको थियो । साथै सम्मानीत विद्यार्थीबाट अन्यलाइ पढाइमा लगाब हुने बताउनु भयो ।
त्यस्तै गुरुकुलका निवर्तमान प्राचाॠ नविन भण्डारी, प्राचार्य टिकाराम चापागाईले राम्रो नम्बर ल्याएर विद्यार्थी उत्कृष्ठ हुँदै ईतिहास रच्न सफल भएको बताउनु भयो यसरी विद्यार्थी उत्कृष्ट हुनु सम्पूर्ण शिक्षाप्रेमीको लागि खुसी र गौरवको विषय भएको बताए । उनीहरुले विद्यार्थीले हासिल गरेको उपलब्धि विद्यार्थी, अविभावक, गुरुकुलको मात्रै नभएर सिङ्गो भरतपुर महानगर र चितवनको भएको जानकारी दिनु भयो ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १२ मा सञ्चालित वार्षिक परीक्षामा समेत समिरले ३.९० जिपिए ल्याएर जिल्ला प्रथम, रसिमले ३.८५ जिपिए ल्याएर जिल्ला तृतिय र एलिनले ३.८३ जिपिए ल्याएर जिल्लामा चौथो स्थान हासिल गरेकी थिइन् ।