१९ फाल्गुण, चितवन ।
नेपाली काग्रेसका नेता तथा प्रदेश सांसद बलराम पौडेलले उत्कृष्ट दलित छात्र, छात्रादाई पौडेलले निःशुक्क पढाईदिने घोषणा गरेका छन् । पौडेलले आज भरतपुर महानगरपालिका दलित उपभोक्ता समिति वडा नं १७ ले आयोजना गरेका खानेपानीको धारा बितरण कार्यक्रममा सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश सांसद पाडैलले आर्थिक स्तर बृद्धिका लागि बित्तिय साक्षरता कार्यक्रम जरुरी रहेको भन्दै त्यस्ता कार्यक्रका लागी आफुले पहल गर्ने बताए । उनले कक्षा १० को परिक्षामा डिष्टिङसन ल्याउने दलित बिद्यार्थीहरुलाई बिज्ञान बिषय लिई ११–१२ कक्षा पढ्दा लाग्ने सम्पूर्ण खर्च आफुले ब्याहोर्ने बताए । ग्लानी र निराशा प्रगतीको बाधक बताउदै पाडैलले सकारात्मक सोचका साथ काम गर्न सबैलाई आग्रह गरे । पानी शुद्ध बनाएर पिउन सके धेरै प्रकारका रोगबाट बच्न सकिने बताउदै यो कार्यलाई सहयोग पु¥याएकोमा दलित उत्थान समिति लाई धन्यवाद दिए ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १७ का अध्यक्ष ललितमान तामाङले वडाको बिकासका लागि बिभिन्न समितिहरु बनाएको बताउदै सबैको सहकार्यबाट वडाको बिकास गर्ने लक्ष्य आफुले लिएको बताए । उनले वडाबासीलाई बिभिन्न समितिमा रहेर काम गर्न आग्रह गर्दै इमान्दारिताका साथ पारदर्शी भएर काम गरे लक्ष्यमा चाँडै पुगिने बताए । सिमित स्रोत र साधनका कारणले भने जति काम गर्न नसकिएको जानकारी दिए । ब्यावस्थापनलाई आफुहरुले उच्च प्राथमिकता र्दिकाले आफ्नो कार्यकालमा वडा १७ लाई भरतपुर महानगरको उत्कृष्ट वडा बनाउन आफु सफल हुने बताए ।
दलित उत्थान समितिले वडा नं १७ मा स्थायि बसोवास गर्ने तथा निम्न आए भएका ज्ञान बहादुर बि.क., पम्फा बि.क., लक्ष्मण बि.क.,पबित्रा बि.क.,खुसीराम सार्की, एक बहादुर परियार,बलबहादुर बि.क.,रामदश सार्की,टेक बहादुर परियार र जानकी नेपाली लाई धारा प्रदान गरेको हो ।
भरतपुर महानगर वडा नं १७ ले आर्थिक बर्ष ०७५÷०७६ मा लक्षित बर्ग कार्यक्रम अन्र्तगत बिनियोजित बजेट रु १ लाखबाट १२ जनालाई खानेपानीको धारा बितरण गरेको हो । बितरण गरेको धाराको समिति र वडा कार्यालयले अनुगमन गर्ने छ ।
कार्यक्रमा भरतपुर महानगर पालिका वडा नं १७ की वडा सदस्य लक्ष्मी महतो, स्थानिय भक्त बहादुर गुरुङ, बुद्धिमान तामाङ,रामजित घले लगायतले मन्तब्य ब्यक्त गरेका थिए । दलित उत्थान समिति वडा नं १७ की अध्यक्ष तथा वडा नं १७ की बडा सदस्य सरस्वती सुनारको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा सुनारले भरतपुर महानगरपालिका वडा नं १७ मा ४५० घरधुरी दलित रहेको जानकारी दिईन् ।