समृद्ध रत्ननगर निर्माणमा साथ दिन मेयर वनको आग्रह

रत्ननगर,०४ माघ

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले रत्ननगरलाई समृद्ध बनाउने अभियानमा साथ दिन यहाँका राजनीतिक दल,अधिकारकर्मी,पेसाकर्मी र आम नगरवासीलाई आग्रह गरेका छन ।

रत्ननगर १४ को वडा कार्यालय उद्घाटन कार्यक्रममा उनले आफु समृद्ध नगरपालिका बनाउने महाअभियानमा रहेको भन्दै साथ दिन आग्रह गरेका हुन ।

विरोध मात्र गरेर नगर समृद्ध बन्दैन उनले भने सबै मिलेर नगरलाई समृद्ध बनाउने हो । उनले रत्ननगरलाई हरियाली नगर बनाउने अभियानमा रहेको बताए । उनले कृषि,पर्यटन,शिक्षा र स्वास्थ्यको विकास गरी नगरलाई समृद्ध बनाउने अभियानमा रहेको बताए ।

कृषि क्षेत्रको विकासका लागि सहकारी विकास कार्याक्रम,पर्यटनको विकासका लागि वसपार्क लगायत पूर्वाधार निर्माण,शिक्षाको विकासका लागि सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र स्वास्थ्यको विकासको लागि निशुल्क स्वास्थ्य परीक्षण जस्ता कार्यक्रम सुरु गरिएको बताए ।

सञ्चालित कार्यक्रमलाई संस्थागत गर्न र अन्य आवश्यक कार्यक्रम सञ्चालन गर्न सबैको साथ आवश्यक छ उनले भने विरोध मात्र गरेर समृद्धि आउदैन,सबैले मिलेर काम गर्नुपर्छ । हामी राम्रो गर्न आएका हौं मेयर वनले भने सकेसम्म राम्रो गछौं नसके नराम्रो गर्दैनौं ।

ताजा अपडेट